NIMB Long Banner Ad

अब एटीएमबाटै पाइने भयो १०० रुपैयाँका नयाँ नोट

1.1K
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधिका एटीएमबाट १०० रुपैयाँका नोट वितरण सुरु गरेका छन्। यस्तै, असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथली तथा प्रादेशिक कार्यालय र वाणिज्य बैंकबाट सुकिला तथा सफा नोटसमेत वितरण भइरहेको छ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएकाले यसपटक नयाँ नोटबारे अनावश्यक प्रचार नगरिएको बताउनुभयो। चाडपर्वमा नयाँ नोट वितरणलाई क्रमशः घटाउँदै लैजाने प्रयास भइरहेको उहाँको भनाइ छ।

गत भदौ ३१ गतेसम्म चलनचल्तीमा रहेको मुद्रा सात खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। दसैँका कारण यसमा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुने राष्ट्र बैंकको अनुमान छ।