NIMB Long Banner Ad

अक्टोबर ७ को त्रास अझै उस्तै, गाजालाई खतराका रूपमा हेर्छन् इजरायली

943
shares

सेडेरोट, इजरायल, असोज २१ गते । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको त्रास इजरायलको गाजासँग सीमा जोडिएका समुदायमा अझै कायम छ। युद्धविराम भए पनि धेरै इजरायलीका लागि गाजा सुरक्षा खतरा र डरको प्रतीक बनेको छ।

गाजानजिकैको सेडेरोटबाट बेइत हानुन क्षेत्र देखिन्छ, जहाँ युद्धका कारण अधिकांश भवन ध्वस्त भएका छन्। सेडेरोट पुग्ने केही इजरायली दूरबिनमार्फत गाजाको अवस्था नियाल्ने गर्छन्।

अक्टोबर ७ को आक्रमणमा दक्षिणी इजरायलमा करिब १ हजार २०० जनाको मृत्यु भएको र २५१ जना बन्धक बनाइएका थिए। त्यसपछि सुरु भएको युद्धमा गाजामा ठूलो विनाश र मानवीय संकट निम्तिएको छ।

सेडेरोटकी बासिन्दा डेगानित बार हेले अहिले पनि उक्त घटनाको मानसिक असरबाट मुक्त हुन नसकेको बताउनुभएको छ। उहाँका अनुसार जलेको मासुको गन्धले अक्टोबर ७ को घटना सम्झाउँछ र अहिले पनि बार्बेक्यु गर्न सक्नुहुन्न।

गाजासँग समानान्तर सडकमा अक्टोबर ७ मा मारिएका मानिसको सम्झनामा स्मारक तथा गोली लागेका सवारीसाधन राखिएका छन्। एपीको स्थलगत रिपोर्टअनुसार युद्धविराम भए पनि सीमावर्ती इजरायली समुदायमा गाजाप्रतिको डर र अविश्वास कायमै छ।