पश्चिमी क्षेत्रमा वर्षा, शुक्रबारसम्म सतर्क रहन आग्रह
वि.सं.२०८३ असोज २१ बुधवार १३:२३
506
shares
shares

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका पश्चिमी क्षेत्रमा अहिले वर्षा भइरहेको छ। चितवनदेखि पश्चिमका तराई तथा पहाडी अधिकांश क्षेत्रमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चितवन, नवलपुर, तनहुँ, गोरखा, बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपास मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ। थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
शुक्रबारसम्म मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा हिमपात र मध्यम वर्षाको समेत सम्भावना रहेकाले मौसममा आउने आकस्मिक परिवर्तनप्रति चनाखो रहन आग्रह गरिएको छ।
















