हुम्लामा हिमपात र वर्षा, जनजीवन प्रभावित
वि.सं.२०८३ असोज २१ बुधवार ११:२६
621
shares
shares

काठमाण्डौ । हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा भएपछि जनजीवन प्रभावित भएको छ।
नाम्खा, सिमकोटलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली र ताँजाकोटमा गएरातिदेखि हल्का वर्षा भइरहेको छ। हिमपात र वर्षासँगै चिसो पनि बढेको छ।
कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ। उच्च क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ।
















