NIMB Long Banner Ad

कांग्रेस महाधिवेशन : चार प्रतिवेदन पारित हुँदै

529
shares

काठमाडौँ, असोज २१ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्रमा चारवटा प्रमुख प्रतिवेदन तथा प्रस्ताव पारित गर्ने कार्यक्रम छ।

बुधबारको बन्द सत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गरिनेछ।

गत सोमबारदेखि जारी छलफलमा सातै प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले धारणा राख्दै आएका छन्। सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा। सुरेश आचार्यका अनुसार आज छलफल टुंग्याएर प्रतिवेदन पारित गर्ने तयारी छ।