एमाले स्थायी कमिटी बैठक बस्दै, पहिलोपटक विद्या भण्डारी सहभागी
वि.सं.२०८३ असोज २१ बुधवार १०:४२
529
shares
shares

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बस्दैछ। बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारी वरिष्ठ नेताका रूपमा पहिलोपटक सहभागी हुने भएकी छन्।
पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकले विभिन्न तहका जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्ने एमाले प्रचार प्रमुख नीरज आचार्यले जानकारी दिए।
केन्द्रीय कमिटीले स्थायी कमिटीमा सबै पदाधिकारीसहित थप सात सदस्य मनोनयन गरेको थियो। साथै, भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरिएको थियो।
बैठकले केन्द्रीय सदस्य, पोलिट्ब्युरो, स्थायी कमिटीका थप सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्च तथा विभिन्न विभागका सदस्यको जिम्मेवारी टुंगो लगाउनेछ।
















