NIMB Long Banner Ad

मेस्सीले लिए राष्ट्रिय टोलीबाट बिदाइ

437
shares

ब्युनस आयर्स, असोज २१ गते । अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीले राष्ट्रिय टोलीबाट बिदाइ लिनुभएको छ । मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनलाई ३–० ले हराउँदै उहाँले २१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा टुङ्ग्याउनुभएको हो ।

मेस्सीले खेलको ७१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै २०८ खेलमा १२६ अन्तर्राष्ट्रिय गोल पूरा गर्नुभयो । उहाँले निकोलस ओटामेन्डीको गोलका लागि सहयोगसमेत गर्नुभयो भने निको पाजले अर्को गोल गर्नुभयो ।

खेलपछि भावुक हुँदै मेस्सीले अर्जेन्टिनाको जर्सी लगाएर दुई दशकभन्दा बढी खेल्न पाउनु आफ्नो जीवनकै ठूलो गौरव भएको बताउनुभयो । समर्थकले उहाँको सम्मानमा लामो ताली बजाएका थिए ।

मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले २०२१ र २०२४ कोपा अमेरिका तथा २०२२ विश्वकप जितेको छ । उहाँ अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडीसमेत हुनुहुन्छ ।

राष्ट्रिय टोलीबाट बिदाइ लिए पनि मेस्सीले अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहनुहुनेछ । उहाँ सन् २०२८ सम्म क्लबमा आबद्ध हुनुहुन्छ ।