सरकारी वेबसाइटदेखि अनलाइन प्रणालीसम्म साइबर जोखिमको चेतावनी
वि.सं.२०८३ कात्तिक ५ बिहीवार १७:४८
1.04K
shares
shares

काठमाण्डौ – वेबसाइटमा प्रयोग हुने सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
केन्द्रका अनुसार पीएचपी तथा वर्डप्रेस, जोम्ला र ड्रुपलजस्ता प्रणालीमा सुरक्षा जोखिम देखिएको छ। यसको फाइदा उठाएर ह्याकरले वेबसाइटमा अनधिकृत पहुँच बनाउन वा क्षति पुर्याउन सक्ने जोखिम छ।
केन्द्रले सफ्टवेयर तत्काल सुरक्षित संस्करणमा अद्यावधिक गर्न, नियमित सुरक्षा परीक्षण गर्न र डाटा ब्याकअप राख्न सुझाव दिएको छ।
विशेषगरी सरकारी सेवा, वित्तीय कारोबार र नागरिकका व्यक्तिगत विवरण राख्ने प्रणालीमा सुरक्षा जोखिम हुँदा सेवा अवरुद्ध हुनुका साथै संवेदनशील सूचना चोरी हुन सक्ने खतरा रहेको छ।
















