हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
वि.सं.२०८३ कात्तिक ५ बिहीवार १८:०८
460
shares
shares

काठमाण्डौ – कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आज राति आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार भोलि कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्र तथा कोशी र गण्डकीका पहाडी एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। पर्सि पनि कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ।
तराईका केही ठाउँमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले सडक र हवाई यातायातमा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
















