मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा
वि.सं.२०८३ कात्तिक २८ शनिवार १५:१०
943
shares
shares

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मत लिनुपर्ने भए पनि बहुमत नपुग्ने भएपछि उनले सम्बोधन गर्दै राजीनामा दिएका हुन्।
१०३ सदस्य कायम रहेको प्रदेशसभामा विश्वासको मतका लागि ५४ सांसदको समर्थन आवश्यक थियो। तर, मुख्यमन्त्री यादवको दल नेपाली कांग्रेसका २२ सांसद मात्रै थिए। एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
यादवको राजीनामासँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। २८ सिटसहित प्रदेशसभाको सबैभन्दा ठूलो दल रहेको जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको छ।
















