NIMB Long Banner Ad

चीन भ्रमणलाई फलदायी बनाउन रविको निर्देशन

805
shares

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण टोलीका सदस्यलाई निर्देशन दिनुभएको छ ।

सभापति निवासमा आज भएको छलफलमा उहाँले भ्रमणको उद्देश्यमा केन्द्रित रहन र आचारसंहिता पालना गर्न निर्देशन दिनुभएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को निमन्त्रणामा महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलिदेखि चीन भ्रमणमा जाँदैछ ।

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित १९ जना सांसद सहभागी हुनेछन् । टोलीमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटीलगायत सांसद रहनुभएको छ ।