NIMB Long Banner Ad

बाढी प्रभावित बालबालिकाको संरक्षण योजनामा परोपकारी सङ्घसंस्था र व्यक्तिसँग आवेदन आह्वान

1.15K
shares

काठमाडौँ – राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, हेरचाह तथा स्याहार योजनामा समावेश गर्न परोपकारी सङ्घसंस्था र व्यक्तिसँग आवेदन आह्वान गरेको छ ।

परिषद्ले सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयमार्फत निवेदन पेस गर्न अनुरोध गरेको हो । बाढीबाट रसुवा र नुवाकोटका ५८४ बालबालिका प्रभावित भएका छन् । योजनामा १८ वर्षमुनिका बालबालिकालाई मात्र समावेश गरिनेछ ।

अभिभावक गुमाएका, परिवारबाट विस्थापित भएका तथा अभिभावक वा संरक्षक घाइते भएर उचित संरक्षण पाउन नसकेका बालबालिकालाई योजनामा प्राथमिकता दिइनेछ ।

परिषद्का अनुसार प्रभावित बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श तथा दीर्घकालीन पुनःस्थापना प्रमुख चुनौतीका रूपमा रहेका छन् ।