अन्तिम खेलमा चितवनलाई हराउँदै कर्णाली विजयी
वि.सं.२०८३ कात्तिक २९ आइतवार १७:००
1.5K
shares
shares

काठमाडौँ, कात्तिक २९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमा समेटियो।
यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो। कर्णालीका हुसैन तलातले अविजित ५१ र अरिफुल इस्लामले ३५ रन बनाउनुभयो।
बलिङतर्फ हुसैन तलातले तीन विकेट लिनुभयो। चितवनका लागि उसामा मिरले अविजित २८ रन बनाउनुभयो।
जितसँगै कर्णालीले लिग चरण टुङ्ग्याएको छ। कर्णाली प्लेअफमा पुग्न सकेन भने चितवनले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ।
















