जनकपुरधाम र अयोध्याबीच सीधा रेल सेवा सञ्चालन हुने
वि.सं.२०८३ कात्तिक २९ आइतवार १६:३०
241
shares
shares

काठमाण्डौ – नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच सीधा रेल सेवा सञ्चालन हुने भएको छ। भारतीय रेल्वे मन्त्रालयले नयाँ रेल सेवा सञ्चालनको घोषणा गर्दै तालिका सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार जनकपुरधामबाट हरेक शनिबार र अयोध्या क्यान्टबाट हरेक सोमबार रेल छुट्नेछ। करिब ६०४ किलोमिटर लामो रेलमार्गले बिहार र उत्तर प्रदेशका विभिन्न शहर हुँदै दुई धार्मिक शहरलाई जोड्नेछ।
नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको भारतीय रेल्वे मन्त्रालयले जनाएको छ। प्रारम्भिक चरणमा भारतीय पक्षले नै रेल सेवा सञ्चालन गर्ने सहमति भएको छ।
















