NIMB Long Banner Ad

छठघाटमा छैंटी बोकेर पुगे कांग्रेस सभापति थापा

874
shares

सर्लाही, कात्तिक २९ गते। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन परिवारसहित सर्लाही पुग्नुभएको छ। उहाँ आइतबार धनकौल गाउँपालिका–२ स्थित छठघाटमा आफैँ टाउकोमा छठ पूजाका सामग्री राखिएको डालो (छैंटी) बोकेर पुग्नुभएको हो।

कांग्रेस नेता गजेन्द्र साहका अनुसार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का विभिन्न छठघाटमा पुगेर व्रतालु तथा स्थानीयसँग भेटघाट गरिरहनुभएको छ।

उहाँले भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई सुन्दरपुर गाउँमा पुगेर भेट्ने कार्यक्रमसमेत रहेको छ।