NIMB Long Banner Ad

झन्डै २२ करोडको हेरोइनसहित भारतीय नागरिक पक्राउ

4.14K
shares

काठमाण्डौ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै २२ करोड रुपैयाँ बराबरको साढे पाँच किलो सेतो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेका छन् । थाइल्यान्डबाट काठमाण्डौ आएका उनलाई गएराति पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रहरीका अनुसार उनले झोलाभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाएर हेरोइन ल्याएका थिए । उनी यसअघि दुई पटक लाओसबाट नेपाल आएको र अन्तर्राष्ट्रिय लागूऔषध कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ ।