असोज मसान्तसम्म करदाता संख्या ८१ लाख ९५ हजार नाघ्यो
वि.सं.२०८३ कात्तिक २९ आइतवार १३:२९
575
shares
shares

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म नेपालमा कुल करदाता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको छ ।
आन्तरिक राजस्व विभागका अनुसार गत असार मसान्तसम्म ७९ लाख १० हजार ८६४ करदाता रहेकामा असोजमा मात्रै २ लाख ८४ हजार ५५० स्थायी लेखा नम्बर (प्यान) थपिएका छन् ।
असोज मसान्तसम्म व्यवसायिक प्यान लिनेको संख्या २२ लाख २७ हजार ८३७ र व्यक्तिगत प्यान लिनेको संख्या ५९ लाख २७ हजार ९३५ पुगेको छ ।
यसैगरी, भ्याटमा दर्ता हुने करदाता ३ लाख ९० हजार ४७ र अन्तःशुल्कमा दर्ता हुनेको संख्या १ लाख ३८ हजार ९२६ पुगेको विभागले जनाएको छ ।

















