NIMB Long Banner Ad

सबै धर्म र संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध छ – प्रधानमन्त्री शाह

851
shares

काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

छठ पर्वको अवसरमा शुभकामना दिँदै उहाँले यस पर्वले सुख, शान्ति, आरोग्य र दीर्घायुको कामना गर्नुका साथै प्रकृतिप्रतिको कृतज्ञताको सन्देश दिने उल्लेख गर्नुभएको छ ।

उहाँले छठ पर्वले सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिनुभएको छ ।