रास्वपाका २० सांसद ११ दिने चीन भ्रमणमा
वि.सं.२०८३ कात्तिक २९ आइतवार १२:१०
874
shares
shares

काठमाण्डौ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद ११ दिने चीन भ्रमणमा गएका छन् ।
महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आज बिहान चीन प्रस्थान गरेको हो । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गएको टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायत सहरको भ्रमण गर्नेछ ।
भ्रमणका क्रममा चीनले प्रविधि, कृत्रिम बुद्धिमत्ता, कृषि, स्वास्थ्य, शिक्षा तथा औद्योगिक विकासमा हासिल गरेका उपलब्धिबारे अध्ययन गर्ने रास्वपाले जनाएको छ ।
















