राखेपले एन्फामाथिको निलम्बन र प्रतिबन्ध हटायो
वि.सं.२०८३ मंसिर ३ बिहीवार १६:४१
874
shares
shares

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
राखेपको कार्यकारी समितिले आज एन्फामाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । निर्णयसँगै एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिक रोकावट पनि हटेका छन् ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले पत्रमार्फत एन्फालाई प्रतिबन्ध फुकुवाको औपचारिक जानकारी गराउनुभएको छ । एन्फाले गत अप्रिल ५ मा पठाएको अनुरोध तथा परिषद्ले यसअघि विभिन्न समयमा गरेको पत्राचारलाई आधार बनाएर प्रतिबन्ध हटाइएको पत्रमा उल्लेख छ ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार एन्फामाथिको निलम्बन तथा प्रतिबन्ध फुकुवा गरेको जनाएको छ ।
















