NIMB Long Banner Ad

दुई दिनपछि बढ्यो नेप्से, कारोबार घट्यो

1.04K
shares

काठमाण्डौ – लगातार दुई दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । नेप्से परिसूचक ३ दशमलव ६२ अङ्कले बढेर २ हजार ६२८ दशमलव ६७ विन्दुमा पुगेको छ ।

आज १३८ कम्पनीको शेयर मूल्य बढ्दा १३२ वटाको घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । बोटलर्स नेपाल ९बालाजु० को शेयर ६ प्रतिशतले बढ्दा एभरेस्ट कलरको झन्डै साढे पाँच प्रतिशतले घटेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएकोमा आज ३४७ कम्पनीका ९४ लाख ३७ हजार कित्ता शेयर ३ अर्ब ८७ करोड रुपैयाँमा किनबेच भएका छन् ।