सुदूरपश्चिम एनपिएलको फाइनलमा,शनिबार हुने फाइनल खेलमा लुम्बिनी लायन्सको सामना गर्ने
वि.सं.२०८३ मंसिर ३ बिहीवार २१:१८
4.05K
shares
shares

मंसिर ३ काठमाडौं । सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिम लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को फाइनलमा पुग्न सफल भएका हो ।
विहीवार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम एनपिएल को फाइनलमा पुगेको हो ।
१ सय ३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ७ विकेट गुमाएर १ बल अघि विजय प्राप्त गरेको हो । एनपिएलको तीनै संस्करणको फाइनलमा पुग्ने सुदूरपश्चिम रोयल्स एक्लो टोली हो ।
अब सुदूरपश्चिमले शनिबार हुने फाइनल खेलमा लुम्बिनी लायन्सको सामना गर्ने भएको छ ।
















