NIMB Long Banner Ad

बालेनमा नेपालको भविष्य र सम्बन्धको नयाँ दृष्टिकोण देखेँ – मोदी

874
shares

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहमा नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट दृष्टिकोण देखेको बताएका छन् ।

प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले सशक्त र समृद्ध नेपालको विकास यात्रामा भारत सधैँ साझेदार रहने बताए ।

उनले नेपालमा पुनर्निर्माण र दीर्घकालीन विकासका लागि दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेज घोषणा गरे । उक्त सहयोगले विपद्बाट प्रभावित परिवारको जीवन सामान्य बनाउन र नेपालको विपद् व्यवस्थापन क्षमता बढाउन मद्दत पुग्ने उनको भनाइ छ ।

मोदीले जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्ध थप सुदृढ बनाउने उल्लेख गर्दै ‘सरयू–कमला’ रेल सेवाले धार्मिक पर्यटकलाई सहज हुने बताए ।

त्यस्तै, सडक, रेल, सीमा पूर्वाधार, ऊर्जा तथा व्यापार क्षेत्रमा सहकार्य विस्तार गरिने उनले जानकारी दिए । तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र अरुण–३ आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

नेपालका युवाको प्रतिभा र सम्भावनालाई उपयोग गर्न उद्यम तथा नवप्रवर्तन केन्द्र स्थापना र प्राविधिक शिक्षामा सहकार्य गरिने मोदीले बताए ।