प्रधानमन्त्री शाह स्वदेश फर्किए
वि.सं.२०८३ मंसिर ७ सोमवार १९:५८
1.24K
shares
shares

काठमाडौँ – भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता र राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए ।
भ्रमणमा शिक्षा, सुरक्षा, स्वास्थ्य, आयुर्वेद, सञ्चार, सहरी विकास, पशुपालन तथा अनुसन्धानलगायत आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत सरकारी अधिकारी, व्यवसायी र पत्रकार भ्रमणमा सहभागी थिए ।
















