NIMB Long Banner Ad

पक्राउ गर्ने भए हत्कडी लिएर आउन सरकारलाई गगन थापाको चुनौती

3.17K
shares

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उहाँले सरकारको आलोचना गर्नेहरूलाई पक्राउ गर्ने हल्ला फैलाएर तर्साउन खोजिएको भन्दै आफू नडराउने बताउनुभयो । पक्राउ गर्ने भए हत्कडी लिएर आउन चुनौती दिँदै उहाँले राजनीतिक दबाब र भयबाट कांग्रेस पछि नहट्ने स्पष्ट पार्नुभयो ।

थापाले दोषीमाथि कानुनअनुसार अनुसन्धान र कारबाही गर्न कांग्रेसले सहयोग गर्ने तर राजनीतिक प्रतिशोधका लागि राज्यका संयन्त्र दुरुपयोग भए त्यसको प्रतिवाद गर्ने बताउनुभयो ।

सरकारका राम्रा काममा सहयोग गर्ने र गलत काममा निरन्तर प्रश्न उठाउने भन्दै उहाँले कांग्रेसलाई दबाबमा पारेर आलोचनात्मक भूमिका कमजोर बनाउने प्रयास सफल नहुने चेतावनी दिनुभयो ।