सुनकोशी–मरिण आयोजनाका कागजात सात दिनभित्र बुझाउन निर्देशन
वि.सं.२०८३ मंसिर ८ मंगलवार १६:२०
1.98K
shares
shares

काठमाण्डौ – सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनासम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
जलस्रोत तथा सिँचाइ विभाग र ऊर्जा मन्त्रालयका अधिकारीसँग छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । सभापति भरतबहादुर खड्काले कागजात प्राप्त भएपछि ठेक्का रद्द गर्नुको कारण, प्रक्रिया र आयोजनामा परेको प्रभावबारे थप अध्ययन तथा छलफल गरिने बताउनुभएको छ ।
समितिले नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तार आयोजनासम्बन्धी कागजात पनि सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
















