नेप्से १५ अङ्कले बढ्यो, कारोबार ५ अर्ब ५५ करोड
वि.सं.२०८३ मंसिर ८ मंगलवार १५:४८
1.06K
shares
shares

काठमाण्डौ – शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । नेप्से १५.३९ अङ्कले बढेर २ हजार ६३८.९५ विन्दुमा पुगेको छ ।
माइक्रोफाइनान्स र अन्य समूहबाहेक सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह १.२४ प्रतिशतले उकालो लागेको छ ।
आज १६५ कम्पनीको शेयर बढेको, १११ वटाको घटेको र तीन कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । एभरेस्ट कलरको शेयर ५ प्रतिशतले बढ्दा मानुषी लघुवित्तको ८ प्रतिशतले घटेको छ ।
आज ३५० कम्पनीका १ करोड ४६ लाख कित्ता शेयर ५ अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ । हिजो ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो ।
















