NIMB Long Banner Ad

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको सुनसहित दुई चिनियाँ महिला पक्राउ

552
shares

काठमाडौँ, मङ्सिर ९ गते । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनजस्तो देखिने पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।

हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत गएराति काठमाडौँ आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार महिलाहरूले मलद्वार र भित्री वस्त्रमा लुकाएर सुनजस्तो देखिने पदार्थ ल्याएका थिए ।

बरामद पदार्थको परीक्षण तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।