NIMB Long Banner Ad

रसुवागढी आयोजनामा कार्यरत ९३ जना अझै सम्पर्कविहीन

437
shares

काठमाडौं। भोटेकोशीमा आएको बाढीपछि रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना कर्मचारी तथा कामदार १० दिनदेखि सम्पर्कविहीन छन्।

भदौ १० गतेको बाढीले आयोजनाको बाँध, पावरहाउस तथा आवास क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि उनीहरू सम्पर्कमा नआएका हुन्। कम्पनीका अनुसार सम्पर्कविहीन हुनेमा ५१ स्थायी कर्मचारी, दुई दैनिक ज्यालादारी कामदार र ठेकेदारतर्फका ३९ जना छन्। कम्पनीका सञ्चालक सुनौ औदी तामाङ र उनकी श्रीमती पनि सम्पर्कविहीन रहेको जनाइएको छ।

बाढीसँगै आएको लेदो र ढुङ्गाले पावरहाउस तथा ट्रान्सफर्मर क्याभर्नमा ठूलो क्षति पुर्‍याएको छ। जमेको लेदोका कारण उद्धार टोलीलाई भित्र प्रवेश गर्न कठिन भइरहेको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र अन्य उद्धार टोलीले खोजी जारी राखेका छन्। हेलिकप्टरबाट समेत टोली परिचालन गरिए पनि खराब मौसम र कठिन भौगोलिक अवस्थाले खोजी प्रभावित भएको छ।

कम्पनीले सम्बन्धित सरकारी निकायसँग समन्वय गरी उपलब्ध सबै स्रोतसाधन प्रयोग गरेर बेपत्ता कर्मचारीको खोजी जारी राख्ने जनाएको छ।