NIMB Long Banner Ad

भोटेकोशी बाढी : हालसम्म १ हजार ३४१ जनाको शव फेला, ४ हजारभन्दा बढी अझै बेपत्ता

286
shares

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ। अझै ४ हजार ४४ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार फेला परेका शवमध्ये ३२५ महिला, ५२३ पुरुष र ४९३ वटा पहिचान खुल्न नसकेका छन्।

बेपत्तामध्ये २ हजार ८६३ स्वदेशी पुरुष, ५७५ महिला तथा विदेशी नागरिकतर्फ २६९ पुरुष र ३३२ महिला छन्। पाँच जनाको विवरण भने अन्य समूहमा राखिएको छ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोजी तथा उद्धारलाई निरन्तरता दिएको छ। हालसम्म ९ हजार १५१ जना घाइतेको उद्धार गरिएकोमा ३ हजार ९८ जनालाई होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।

शवको पहिचानका लागि मृतक र आफन्त गरी २ हजार ४७२ जनाको डीएनए नमूना संकलन गरिएको छ। संकलित नमूनाका आधारमा बेपत्ता व्यक्तिको पहिचान तथा शवको सनाखत गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

फेला परेका शवमध्ये १ हजार ३७ शवको सुरक्षित रूपमा व्यवस्थापन भइसकेको छ भने बाँकीको पहिचान र व्यवस्थापन कार्य जारी छ।