भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक
राष्ट्रिय झन्डा आधा झुकाइने
वि.सं.२०८३ भदौ २२ सोमवार ०९:५०
819
shares
shares

काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्झनामा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ।
मृतकप्रति सम्मान तथा शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता जनाउन देशभर राष्ट्रिय शोक मनाउन लागिएको हो। यस अवसरमा नेपालका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ। सरकारले आज सार्वजनिक बिदा भने नदिएको स्पष्ट पारेको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि अझै चार हजार ९९६ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ।
















