आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
वि.सं.२०८३ भदौ २२ सोमवार ०९:५९
312
shares
shares

काठमाडौँ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साथै सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। पूर्वी तराईका केही स्थानमा अहिले नै वर्षा भइरहेको छ भने झापामा पछिल्लो तीन घण्टामा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।
लगातारको वर्षाले नदी तथा खोलानालामा पानीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण सडक तथा यातायात सेवासमेत प्रभावित हुनसक्ने जनाइएको छ।
















