NIMB Long Banner Ad

रसुवाका बाढीपीडित १० अनाथ छात्रको शैक्षिक जिम्मा मटिहानी गुरुकुलले लिने

221
shares

महोत्तरी। रसुवाको भोटेकोशीमा आएको बाढी तथा विपत्तिका कारण अभिभावक गुमाएका १० जना छात्रहरुको कक्षा ८ देखि १२ सम्मको सम्पूर्ण शैक्षिक जिम्मेवारी महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले लिने भएको छ।

राष्ट्रिय शोक दिवसका अवसरमा गुरुकुलले यस्तो घोषणा गरेको हो। विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले विपत्तिका कारण अभिभावकविहीन बनेका बालबालिकाको भविष्य अन्धकारमा पर्न नदिन शिक्षा, संस्कार र आवश्यक अभिभावकीय साथ उपलब्ध गराउने बताउनुभयो।

विसं १७५० मा स्थापना भएको मटिहानीको राजकीय संस्कृत माध्यमिक विद्यालयलाई नेपालको पहिलो गुरुकुलका रूपमा चिनिन्छ।

प्रधानाध्यापक पौडेलले विपत्तिमा परेका बालबालिकाको भविष्य निर्माण गर्नु सबैको साझा दायित्व भएको बताउँदै अन्य व्यक्ति तथा संस्थालाई पनि मानवीय सहयोगमा हातेमालो गर्न आग्रह गर्नुभएको छ।