सरकारसँग ६ बुँदे सहमतिपछि डा. गोविन्द केसीले तोडे अनशन
वि.सं.२०८३ कात्तिक २१ शनिवार ०९:३९
2.14K
shares
shares

काठमाण्डौ – सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएपछि उहाँले २५औँ सत्याग्रह अन्त्य गर्नुभएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिवि शिक्षण अस्पताल पुगेर गएराति सहमति गर्दै डा. केसीको अनशन तोडाउनुभएको हो ।
सहमतिअनुसार आर्मी मेडिकल कलेजमा एमबीबीएस सिट थप गर्ने निर्णयबारे छानबिन गरिनेछ । यस्तै, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा पदाधिकारीको योग्यता र नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गरिने भएको छ ।
यसका लागि दुई हप्ताभित्र अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाउने र त्यसपछि नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया सुरु गर्ने सहमति भएको छ ।
सरकारले डा। केसीको २४औँ सत्याग्रहका क्रममा भएको सहमति कार्यान्वयन हुन बाँकी बुँदा पनि पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।
















