राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन
वि.सं.२०८३ भदौ २२ सोमवार १४:०६
2.76K
shares
shares

नुवाकोट। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा उहाँले बाढीपीडितसँग भेट गरी समस्या तथा गुनासो सुन्नुभएको छ। राष्ट्रपति पौडेललाई जिल्ला सुरक्षा समितिले बाढीबाट जिल्लामा भएको क्षति, खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा जानकारी गराएको थियो।
उहाँले नुवाकोटस्थित बाढीपीडितका लागि सञ्चालन गरिएको होल्डिङ सेन्टरको समेत निरीक्षण गर्नुभयो। सो क्रममा प्रभावित नागरिकले बाढीबाट भएको क्षतिबारे जानकारी गराउँदै खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा थप सक्रियता आवश्यक रहेको बताएका थिए।
राष्ट्रपति पौडेलले त्रिशूलीस्थित नेपाली सेनाको क्याम्प तथा रसुवाको बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गर्नुभएको छ ।
















