NIMB Long Banner Ad

राशिफल २०८३ साल भाद्र २३ गते मंगलवार

1.26K
shares

आज मिति २०८३ साल भाद्र २३ गते मंगलवार तदनुसार ८ सेप्टेम्बर सन् २०२६ श्रीशालिबाहनीय श्रीशाके संवत् १९४८ नेपाल संवत् ११४६ (गुंगाला) तथा रौद्रनामसंवत्सर, भाद्र कृष्णपक्ष –द्वादशी तिथि,नक्षत्र–तिष्य (पुष्य) १६ः५५ बजेसम्म, त्यसपछि अश्लेषाामा हुनेछ ।

चन्द्रमा – कर्कट राशिमा । सूर्योदय बिहान ५ बजेर ४६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १९ मिनेटमा हुनेछ । दक्षिणायन,वर्षा ऋतु, आजः प्रदोष व्रत, जेन्जी शोक दिवस, विश्व साक्षरता दिवस। हनुमानजीको पूजा गर्दा शुभ फल मिल्ने छ भने, घर बाहिर निस्कदा सखर वा गुडखाएर निस्कदा शुभ हुनेछ।

image

मंगलको प्रभावले आजको दिनमा ऊर्जा र आत्मविश्वास बढ्नेछ। रोकिएको काम पूरा हुनेछन् ।व्यापारमा नयाँ कारोबारको योग छ तर आवेगमा लगानी नगर्नुहोला। प्रेम मिलनको योग छ ।

image

आर्थिक विषयमा सोचविचार गरेर कदम चाल्नु राम्रो। पुरानो कामबाट अपेक्षित परिणाम मिल्ने, परिवारमा सानो मतभेदको संभावना देखिन्छ ।

image

बोली र बुद्धिको राम्रो उपयोग हुनेछ, महत्वपूर्ण छलफलबाट पक्ष बलियो बनाउन सकिनेछ। नयाँ ग्राहक थपिने योग छ।

image

सोख र साजसज्जामा खर्च बढ्नेछ । नयाँ कामको प्रस्ताव आउने र सहयोगी बढ्ने दिन छ । रचनात्मक काम सुरु गर्न उपयुक्त हुने ।

image

समयमा होस नपुग्दा व्यवहारमा पछि परिने छ । भैपरी आउने खर्चले चिन्ता बढ्न सक्छ। धेरै मिहिनेत गर्दा थोरै फल मिल्ने योग छ ।

image

भौतिक साधन जुट्ने छ । आयआर्जनका स्रोत बढ्नुका साथै व्यापारमा राम्रै फाइदा हुनेछ । दिगो फाइदा हुने काम सुरु गर्ने समय छ ।

image

प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । नाम, दाम र इनाम कमाउने अवसर मिल्नेछ ।

image

चिताएको काम रोकिन सक्छ, अरूले फाइदा उठाउन सक्ने भएकाले गोपनीयतामा ध्यान दिनुहोला।

image

सानातिना काममा अल्झिए पनि बुद्धिको उपयोगले समस्या समाधान हुनेछ। दिगो फाइदा हुने योजना बन्न सक्छ।

image

सामाजिक उत्तरदायित्व बढ्ने, प्रतिस्पर्धीलाई जित्ने योग छ । पुरानो रोकिएको काम बन्नेछ ।

image

भाग्य वृद्धि र नयाँ ज्ञान प्राप्तिको योग छ । गुरुजनसँगको संवाद लाभदायी रहने छ । लामो यात्राको सम्भावना छ ।

image

खर्च बढ्ने दिन छ । मानसिक थकान हुन सक्ने तर आध्यात्मिक अभ्यासमा मन जाने दिन छ । ध्यान केन्द्रित गर्नु लाभदायक देखिन्छ ।

~ज्यो.कलानिधी ह्वाट्स एप ९८०३०३२९५९