सिटिइभिटीका सम्पूर्ण परीक्षा स्थगित
वि.सं.२०८३ भदौ २२ सोमवार २१:४२
shares

काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले मंगलबारदेखि सञ्चालन गर्न लागेको संपुर्ण परीक्षा स्थगित गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भाद्र २३ देखि सञ्चालन हुन लागेका डिप्लोमा तथा प्रमाणपत्र तहका परीक्षाहरू स्थगित गरेको हो ।
परिषद्ले सोमबार सूचना जारी गर्दै विशेष परिस्थितिका कारण परीक्षाहरू स्थगित गर्न वाध्य भएको जानकारी गराएको हो । २०८३ साउन १५ गते प्रकाशित परीक्षा तालिका र सोही वर्षको भदौ १६ गते तोकिएका परीक्षा केन्द्रहरू अनुसार डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक तथा सेमेस्टर परीक्षा प्रणालीका नियमित एवं आंशिक परीक्षाहरू मंगलबार बिहान ७ः०० बजेदेखि देशभर एकैसाथ सञ्चालन गर्ने तयारीमा परिषद् रहेको थियो ।
स्थगित गरिएका परीक्षाहरूको नयाँ तालिका र परीक्षा केन्द्रहरू पछि पुनः सार्वजनिक गरिने कार्यालयले जनाएको छ परीक्षा सम्बन्धी थप विवरण तथा अद्यावधिक जानकारीका लागि परिषद्को आधिकारिक वेबसाइट www.ctevtexam.org.np मा हेर्न सकिने परिषदद्वारा जारी सूचनामा उल्लेख छ।

















