NIMB Long Banner Ad

जेनजी आन्दोलनको एक वर्ष पूराः आज सार्वजनिक बिदा

परिवर्तनको बहस अझै जारी

416
shares

काठमाडौं । जेनजी आन्दोलनको भएको आज एक वर्ष पूरा भएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको युवाको असन्तुष्टि छोटो समयमै सडक आन्दोलनमा परिणत भएको थियो ।

भदौ २३ र २४ गते भएको आन्दोलनमा भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शिता, रोजगारी र राज्य सञ्चालनमा युवाको सहभागितालगायतका विषय प्रमुख रूपमा उठेका थिए । आन्दोलनले देशको राजनीतिक क्षेत्रमा समेत महत्वपूर्ण परिवर्तन ल्यायो ।

आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए । उनीहरूको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसैबीच, प्राकृतिक विपद् र राहत कार्यलाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाका अत्यावश्यक सेवा भने नियमित सञ्चालनमा रहने भएका छन् ।

आन्दोलनले उठाएका सुशासन र जवाफदेहिताका सवाल अहिले पनि राज्य सञ्चालनको महत्वपूर्ण बहस बनेका छन् । तर युवाले अपेक्षा गरेको परिवर्तन पूर्णरूपमा संस्थागत हुन नसकेको गुनासो भने कायमै छ ।