NIMB Long Banner Ad

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना

1.04K
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ।

राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजाअर्चना गर्नुभएको हो।

पूजापछि उहाँले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभएको थियो।