सुनको भाउ फेरि बढ्यो, चाँदी पनि महँगियो
वि.सं.२०८३ भदौ २३ मंगलवार ११:५३
455
shares
shares

काठमाडौं । दुई दिन लगातार घटेको सुनको मूल्य आज फेरि बढेको छ । सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १ सय रुपैयाँले बढेर ४ हजार ७ सय ९० रुपैयाँ पुगेको छ । सोमबार चाँदी ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

















