NIMB Long Banner Ad

चीनले पठाएको चौथो खेपको राहत सामग्री काठमाडौं आइपुग्यो

481
shares

काठमाडौँ । चीनले नेपाललाई सहयोगस्वरूप पठाएको आपत्कालीन राहत सामग्रीको चौथो खेप मंगलबार काठमाडौँ आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।

यस खेपमा उद्धारमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिज तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्तीलगायत सामग्री रहेका छन्।