प्रधानमन्त्री राहत कोषमा हालसम्म पौने १२ अर्ब रुपैयाँ जम्मा
वि.सं.२०८३ भदौ २३ मंगलवार १९:३७
702
shares
shares

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हालसम्म पौने १२ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको हो।
हाल नौ वटा वाणिज्य बैंकमा ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ।
जम्मा भएको रकममध्ये यसअघि रसुवाका बाढीपीडितका लागि १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा गरिएको छ।
त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ रुपैयाँ जम्मा भएको छ।
















