‘प्रिय जेनजी सुशासन कायम हुने नै छ’: प्रधानमन्त्री बालेन
वि.सं.२०८३ भदौ २३ मंगलवार १९:४५
247
shares
shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेनजी शहीद दिवसका अवसरमा देशमा सुशासन कायम हुने बताउनुभएको छ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत छोटो सन्देश दिँदै जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शाहले लेख्नुभएको छ, ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ। शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’
















