NIMB Long Banner Ad

उपत्यकामा ग्यास अभाव हटाउन सिलिन्डर साट्न पाइने

खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा लिन सकिने

247
shares

काठमाडौँ । बाढीका कारण काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यास अभाव समाधान गर्न सरकारले अस्थायी व्यवस्था लागू गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायसँग छलफल गर्दै एउटा कम्पनिको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा लिन सकिने व्यवस्था गरेकी हुन्। आफूले प्रयोग गर्ने ब्रान्ड बजारमा नपाए उपभोक्ताले उपलब्ध जुनसुकै कम्पनीको सिलिन्डर खरिद गर्न सक्नेछन्।

मन्त्री यादवले निर्णय कार्यान्वयन गर्न नेपाल आयल निगम र ग्यास उद्योगलाई निर्देशन दिएकी छन्। कृत्रिम अभाव सिर्जना गर्ने वा उपभोक्तालाई दुःख दिने व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ।