NIMB Long Banner Ad

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

2.9K
shares

काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्नेछ।

प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्नेछिन्। यस्तै, मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस हुनेछ।

राष्ट्रियसभामा नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

साथै, आज अर्थ समिति र उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकसमेत बस्नेछ।