बुधबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना
वि.सं.२०८३ भदौ २४ बुधवार ०७:५२
689
shares
shares

काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले बुधबार अधिकांश भूभागमा मौसम बदली हुने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी तथा कोशी प्रदेशका केही पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने तथा विभिन्न पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
भारी वर्षाका कारण केही स्थानमा सडक तथा जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
















