आजको राशिफल २०८३ भाद्र २४
वि.सं.२०८३ भदौ २४ बुधवार ०६:४९
shares

आज विक्रम संवत: २०८३ साल भाद्र २४ गते बुधबार तदनुसार 9 September सन् 2026, भाद्र कृष्णपक्ष त्रयोदशी तिथि ११:४७ सम्म, त्यसपछि चतुर्दशी, ऋतु: वर्षा, अयन: दक्षिणायन,नक्षत्र: अश्लेषा १५:४२ सम्म, त्यसपछि मघा,योग: शिव २३:२५ सम्म, त्यसपछि सिद्ध, करण: वणिज,चन्द्रराशि: कर्कट १५:४२ सम्म, त्यसपछि सिंह,सूर्योदय: ०५:४६, सूर्यास्त: १८:१८ । आज जन्मिने बच्चा कर्कट राशिको हुनेछ । आज बुधबारको दिन बुध ग्रहको दिन भएकाले हल्का हरियो कुरा, तिल वा दही खाएर यात्रामा निस्कनु राम्रो मानिन्छ। टाढाको यात्रा हो भने बिहान *दही* खाएर निस्कनु होला ।बिहान ०८:५० देखि १०:३० भित्र निस्कनु उत्तम रहेको छ । साथै आज यात्रामा निस्कदा ऐना हेरेर, भगवान बिष्णुको स्मरण गरेर निस्कनु शुभ हुन्छ।
आजको दिन काममा नयाँ गति आउनेछ । सक्रियता देखेर जिम्मेवारी बढ्न सक्छ भने बुधको प्रभावले छलफलबाट पक्ष बलियो बनाउन सकिनेछ। रोकिएको रकम प्राप्त हुने योग छ। हतारमा निर्णय नलिनुहोला।
आर्थिक र पारिवारिक पक्षमा सहजता रहने दिन छ । मेहनतको मूल्यांकन हुनेछ। पुरानो कारोबारले लाभ दिनेछ। परिवारमा खुसीको वातावरण बन्नेछ।
बुधबार र बुधको प्रभावले बुद्धि, बोली र निर्णय क्षमता बलियो। अध्ययन, लेखन र सञ्चार सम्बन्धी काममा सफलता मिल्न सक्छ।
प्रयत्नले विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। सानो प्रयत्नले फाइदा दिलाउनेछ, तर दिउँसोदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
प्रतिष्ठा तथा सामाजिक प्रभाव बढ्नेछ, नयाँ कामको अवसर मिल्न सक्छ। सिर्जनात्मक कार्यमा सफलता, उच्च व्यक्तिसँग भेटघाटको योग छ ।
आज तपाईंको लागि योजनाबद्ध कामले समय र श्रम बचत हुने योग छ। कागजी काम र हिसाबमा सफलता। व्यापारमा सावधानीपूर्वक कारोबार लाभदायक देखिन्छ ।
शुक्रको प्रभावले सम्बन्ध र सहकार्यमा राम्रो वातावरण बन्नेछ ।नयाँ सहकार्यको प्रस्ताव आउन सक्छ। परिवारमा खुसी छाउनेछ।
आज चुनौतीका बीच अवसर मिल्ने दिन छ । आयआर्जनका स्रोत बढ्ने छन् । तर खर्च पनि बढ्न सक्ने दिन छ। संयमित बोली हितकरदेखिन्छ ।
भाग्यबल बढ्ने, रोकिएको काम बन्ने, अध्ययनमा रुचि बढ्ने जस्ता संकेत देखिन्छ । यात्राको योग पनि छ।
कर्मक्षेत्रमा प्रशंसा मिल्ने दिन छ।आर्थिक रूपमा सुधार आउनुका साथै स्वास्थ्य र खानपानमा ध्यान दिनु पर्न दिन छ ।
नयाँ मित्रता र लाभको योग छ । पुरानो समस्या समाधान हुनेछ। प्रेममा नजिकता बढ्नेछ।
मनमा केही दुविधा रहे पनि बुद्धिले समस्या सुल्झाउन सकिनेछ। अनावश्यक खर्चबाट जोगिनु होला । दिउँसोदेखि काम बन्न थाल्नेछन्। मनमा उत्साह थपिने दिन छ ।
~ज्यो.कलानिधी व्हाट्स एप ९८०३०३२९५९

























