NIMB Long Banner Ad

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् पदबाट राजीनामा

2.77K
shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभएको हो।

यादवको सचिवालयका अनुसार उहाँले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको हो।पछिल्लो समय बजारमा चुलिएको खाना पकाउने ग्यास अभाव समाधानमा प्रभावकारी पहल गर्न नसकेको भन्दै मन्त्री यादवको आलोचना हुँदै आएको थियो।यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले ग्यास उद्योगीलाई लक्षित गरि मन्त्री यादवले दिएको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेवार भएको बताएको छ।

महासंघले मन्त्री यादवले दिएको ग्यास उद्योगको संख्या आवश्यकताभन्दा बढी रहेको, उद्योग खारेज गर्नुपर्ने वा दुईवटाभन्दा बढी ग्यास उद्योग आवश्यक नरहेको भन्ने अभिव्यक्ति पनि यथार्थपरक नभएको जनाएको छ।