NIMB Long Banner Ad

कृष्णभीरको अवरुद्ध सडक भदौभित्रै सञ्चालनमा ल्याउने गरि तीव्र काम हुँदै

585
shares

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक भदौभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले निर्माण कार्य तीव्र पारेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधनका क्रममा बताउनुभएअनुसार भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको हो।

पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक बनाउन १० वटा मेसिन र ३० जना जनशक्ति परिचालन गरिएको छ। सशस्त्र प्रहरीले फ्लडलाइट जडान गरेपछि रातिसमेत दैनिक १२ देखि १४ घण्टा काम भइरहेको छ।

नयाँ ट्रयाक निर्माणसँगै पहिरो रोकथामको काम पनि भइरहेको छ। राजमार्गका अन्य पाँच स्थानमा पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन गर्ने कामसमेत अघि बढाइएको छ।

भदौ १४ गते भोटेकोशीको बाढीले कृष्णभीरको सडक भासिएपछि प्राविधिक अध्ययन गरी पहाड काटेर नयाँ ट्रयाक खोल्ने विकल्प अघि बढाइएको हो। सरकारले भदौको अन्तिमसम्म यातायात सहज बनाउने लक्ष्य लिएको छ।