NIMB Long Banner Ad

उद्योगमन्त्रीमा दीपक साह नियुक्त हुँदै

1.43K
shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साह नियुक्त हुने भएका छन्। गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी–४ का सांसद साहलाई नियुक्त गर्न लागेका हुन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार साहलाई मन्त्री नियुक्त गर्ने तयारी भएको छ। उहाँको शपथ आज साँझ साढे ५ बजेका लागि तय भएको छ।